नियम
परिभाषा परिभाषा परिभाषाः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमाः–
(क) “वैरङ्ग” भन्नाले चाहिने महसुलको हुलाक टिकट नटा“सी वा टिकटै नटाँसी हुलााक
दाखिला (पोष्टिङ्ग) गरिएको हुलाक वस्तु सम्झनु पर्छ ।
(ख) “टी टाँचा” भन्नाले विदेश तर्फ जाने र विदेशबाट नेपालमा आउने हुलाक वस्तुमा
नपुग महसुल जनाउन लगाइएको टाँचा सम्झनुपर्छ ।
(ग) “ड्यू टाँचा” भन्नाले आन्तरिक हुलाक वस्तुमा नपुग महसुल जनाउन लगाएको टाँचा
सम्झनुपर्छ ।
(घ) “शुरु हुलाक” भन्नाले शुरुमा हुलाक वस्तु हुलाक दाखिला गरिएको हुलाक
सम्झनुपर्छ ।
(ङ) “ठेगाना हुलाक” भन्नाले हुलाक वस्तु डेलिभरी गर्ने हुलाक सम्झनुपर्छ ।
(च) “चलान (ट्रान्जिट) हुलाक” भन्नाले शुरु हुलाक र ठेगाना हुलाक बीचमा पर्ने हुलाक
सम्झनु पर्छ ।